• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देश अझै पनि संकटमा छ, दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन : प्रचण्ड

    530
    SHARES



    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक अझै पनि संकटमा रहेको बताएका छन् ।

    नेकपा एमाले ओखलढुंगाका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘देश अझै पनि संकटमा छ । दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन,’ २३ र २४ भदौका घटनाहरू उल्लेख गर्दै उनले भने, ‘देशभरका जनताबीच दरो एकता पैदा गर्न सकिएन भने दुर्घटना रोक्न सकिँदैन ।’ अरुको मुख ताकेर र हेरर बस्ने अवस्था नरहेको भन्दै प्रचण्डले पार्टीलाई थप एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।

    जेनजी आन्दोलनपछिको संकटपूर्ण समयमा आफू र माधवकुमार नेपालले दिएको सल्लाहअनुसार नै मुलुक चुनावमा गएको भन्दै उनले यतिबेला सिंगो देश चुनावमय बनेको जिकिर गरे ।

    साथै देशभरका जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा रहेको समेत उनले बताए । अहिले विद्यमान संकट निर्वाचनबाट मात्रै पार हुन सक्ने भन्दै प्रचण्डले सिंगो राष्ट्र निर्वाचनमय बनेको बताएका छन् ।

    ‘भदौ २६ गते मैले र माधवकुमार नेपालले रातभर छलफल गर्‍यौं । देशलाई कसरी बचाउन सकिन्छ, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्वलाई कसरी जोगाउन सकिन्छ भनेर हामी चिन्तित थियौं,’ उनले भने, ‘त्यसैअनुसार अन्तरिम सरकार बन्यो । अहिले सिंगै राष्ट्र निर्वाचनमय भएको छ । जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ