• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेबाट शंकर पोखरेल र विष्णु पौडेलले गरे मनोनयन दर्ता

    1K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

    महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका नेता रेखा शर्मासँग पराजित भएका थिए।

    यस्तै रूपन्देही क्षेत्र नं. २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे ३ बजे बुटवल देवीनगरस्थित निर्वाचन कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।

    एमालेका उपाध्यक्ष समेत रहेका पौडेल देवीनगर चौपारीबाट जिल्लाका नेता तथा कार्यकर्ताहरूको ठूलो र्‍याली सहित मनोनयनका लागि निर्वाचन कार्यालय पुगेका थिए।

    यसअघि पाल्पा क्षेत्र नं. २ का लागि उम्मेदवार बनाउन केन्द्रीय सचिवालयले निर्णय गरेकोमा रूपन्देहीका नेता कार्यकर्ताहरूको विरोधपछि एमालेले रूपन्देही २ मै पठाउने निर्णय गरेको थियो।

    सोमबार रूपन्देही आएका पौडेलले आफूलाई रूपन्देहीले कहिल्यै नछोड्ने र आफूले पनि रूपन्देहीलाई कहिल्यै नछोड्ने प्रतिक्रिया दिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ