गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।
मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका हुन् ।
यसअघि गोरखा २ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया