• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्ड भन्छन् : देशै कब्जा गरिसक्यौं भनेजसरी केही मानिस रमाइरहेका छन्

    852
    SHARES



    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला चलाएको प्रचण्डको भनाइ छ ।

    ‘अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ । सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्,’ उनले भने, ‘दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।’

    प्रचण्डले सोसल मिडियाहरूमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजसरी सहर बजारमा हल्ला चलाइएको चर्चा गरे ।

    उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गरे । प्रचण्डले अहिलेको समय सूचना र प्रविधि (आईटी) र एआईको भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताए ।

    ‘हामीले विचार गर्नुपर्छ । यो समय आइटीको हो । एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइराखेको छ । तर, त्यो सबैको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग हुने गरेको छ,’ प्रचण्डले भने, ‘हामीलाई लाग्छ, मोवाइल आफूले चलाइराखेको छु, आफूले समाचार पोष्ट गरिराखेको छु । तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै छ । उनीहरूले आफूले चाहेअनुसार नै बनाएका छन् ।

    रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ