• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कुलमानसँग एकतापछि रास्वपाको चुनाव चिह्न घण्टी नै रहने, तीन उपसभापति

    1.3K
    SHARES



    काठमाडौं । उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ ।

    यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए ।

    सोमबार साँझ भएको निर्णायक वार्तामा भने उनेपाले आफ्नो अडान त्यागेको छ । अब एकीकृत पार्टीको चुनाव चिह्न घण्टी नै रहने सातबुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।

    एकीकृत पार्टीको झण्डा पनि साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् । बालेन्द्र शाह साक्षी बसी रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सम्झौतापत्रमा एकीकृत पार्टीमा तीन उपसभापति रहने उल्लेख छ ।

    उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने भएका छन् ।

    सातबुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ