• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालेनको यस्तो प्रस्तावप्रति रास्वपा असहमत, वार्ता अनिश्चित

    3.6K
    SHARES



    काठमाडौँ । शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो ।

    तर सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्नेबारे भने मोटामोटी सहमति भएको छ । केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा आधा हिस्सा दाबी गरिएपछि त्यसमा रास्वपा सहमत हुन सकेन ।

    शुक्रबार वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर फेरि वार्तामा बस्ने भनिएको तर अहिलेसम्म कुनै खबर नआएको रास्वपा पक्षको भनाइ छ । शनिबार बिहान मात्र कुलमान र बालेन समूहबिच छलफल भएको थियो । बिहानको छलफलमा पनि दुवै पक्षले ठोस प्रस्ताव बाहिर ल्याएका छैनन् ।

    रास्वपा पक्षले आज बालनेसँग बस्ने भनिए पनि छलफलको कुनै टुङ्गो नलागेको श्रोतले बतायो । बालेन समूहले भने कुलमानको प्रतीक्षामा रहेको बताएको छ भने रेशम चौधरी र सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव राखेको छ ।

    मंगलबार रातिदेखि रास्वपाका राजनीनिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह, बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतले लगातार छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ