• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको संयुक्त बैठक

    607
    SHARES



    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।

    प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको छ ।

    आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओली र दिउँसो प्रचण्डलाई पनि भेटेर निम्तो दिइसकेका छन् ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शीतलनिवासमा छलफल गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ