• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    सिरियाको ७० ठाउँमा लक्ष्य गरेर अमेरिकाले गर्‍यो हमला

    857
    SHARES



    काठमाडौँ । अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)को क्याम्प, हतियार भण्डारण केन्द्रलाई लक्ष्य गरेर दर्जनौं स्थानमा हवाई हमला गरेको छ।

    हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप यो अमेरिकाले शुक्रबार झन्डै ७० ठाउँमा हमला गरेको हो।

    यसलाई ‘अरेसन हकवाइ’ नाम दिइएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। यस कारबाहीमा आईएसआईएससँग जोडिएका पूर्वाधार र हतियार भण्डारण केन्द्रहरूलाई निशाना बनाइएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर हत्या गर्ने आतंककारीविरुद्ध गम्भीर बदला लिइँदैछ भनेका छन्।

    उनले सिरियामा आईएसआईएसको अन्त्य भए उज्यालो भविष्य सम्भव हुने दाबीसमेत गरेका छन्। रक्षा मन्त्री पिट हेगसेथले यसलाई युद्ध नभई बदला भनेका छन्। उनले अमेरिका आफ्नो नागरिक र सैनिकको सुरक्षाका लागि कहिल्यै पछि नहट्ने बताएका छन्।

    डिसेम्बर १३ मा सिरियाको पाल्माइरामा भएको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएको थियो।

    त्यसयता अमेरिकी र उसका साझेदार सेनाले १० वटा छुट्टाछुट्टै कारबाही गर्दै करिब २३ जनालाई मारेको छ। ती कारबाहीबाट प्राप्त सूचनाका आधारमै पछिल्लो हवाई हमला गरिएको सिएनएनले जनाएको छ।

    सिरियामा हाल पनि सयौँ अमेरिकी सैनिक तैनाथ छन्। यो पछिल्लो कारबाहीमा जोर्डनसहितका साझेदार देशहरूले पनि अमेरिकालाई साथ दिएका छन्। यद्यपि, आक्रमणकारीको आईएसआईएससँगको सम्बन्ध पूर्ण रूपमा स्पष्ट नभएको र आईएसआईएसले औपचारिक जिम्मेवारी नलिएको सिरियाली तथा अमेरिकी अधिकारीहरूले बताएका छन्।

    मारिने सैनिकहरू आयोवा नेशनल गार्डका २५ वर्षीय सर्जेन्ट एडगर ब्रायन टोरेस टोभार र २९ वर्षीय सर्जेन्ट विलियम नाथानिएल हावर्ड रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ। आक्रमणमा थप तीन सैनिक घाइते भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ