• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शेखर कोइरालाले गरे कांग्रेसको औं महाधिवेशन महाधिवेशन सर्नसक्ने संकेत

    0.9K
    SHARES



    विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा केही दिन पर सर्न सक्ने बताए ।

    महाधिवेशनको मिति सर्ने हल्लाको विषयमा उनले धेरै चिन्ता नलिन पनि आग्रह गरे । महाधिवेशनको मिति सर्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्ने हो, तर क्रियाशीलमा सिरियल नम्बर नै नभएकाले क्रियाशील भरेर त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति ‘उ’ (समस्या) नै हुन्छ ।’

    सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य नहुने पनि बताए । ‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौं र त्यो क्यान्सिल पनि भएको छ,’ उनले भने, ‘सिरियल नम्बर नभएको फारम कसैले नभर्नुहोला, नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ