• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेतृत्व प्रतिस्पर्धाबाट अलग रहने अष्टलक्ष्मीको घोषणा

    1.2K
    SHARES



    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब पार्टीभित्र कुनै पनि चुनाव नलड्ने स्पष्ट घोषणा गरेकी छन्। आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले आफ्नो धारणा राख्दै नेतृत्व प्रतिस्पर्धाभन्दा पार्टी सुदृढीकरणमा केन्द्रित रहने बताइन्।

    “म अब चुनाव उठ्दिनँ, मलाई भोट हाल्नु पर्दैन,” शाक्यले भनिन्, “तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न निरन्तर जारी रहनेछ।” उनले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै नेताहरूले फराकिलो सोच बनाउनुपर्ने आवश्यकता औंल्याइन्। “विधि र विधानसम्मत रूपमा अघि बढौँ, नेताहरूले फराकिलो मन बनाऔँ, पार्टीलाई नीति–प्रधान बनाऔँ। मुख्य कुरा विधि नै हो,” उनले भनिन्।

    अध्यक्ष केपी शर्मा ओलीसँग भएको अघिल्लो संवाद स्मरण गर्दै शाक्यले भनिन्, “७० वर्ष पुगेपछि म काम गर्दिनँ भनेकी थिएँ, त्यसबेला अध्यक्ष कमरेडले सँगै बिदा लिऔँला भन्नुभएको थियो।” उनले पार्टी व्यक्ति–केन्द्रित सोचबाट मुक्त हुनुपर्नेमा पनि जोड दिइन्। “आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्याग्नुपर्छ,” शाक्यको भनाइ थियो।

    साथै उनले आम जनताको चासो र चाहनालाई ख्याल नगरी विधान संशोधनतर्फ लाग्नु उपयुक्त नहुने धारणा व्यक्त गरिन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ