• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    न्यायिक छानबिन आयोग आग्रह–पूर्वाग्रहबाट मुक्त हुनुपर्छ : पूर्णबहादुर खड्का

    313
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २३ र २४ भदौमा भएका घटनाबारे गठन गरिएको उच्चस्तरीय न्यायिक छानबिन आयोगले आग्रह, पूर्वाग्रह र दबाबबाट मुक्त भई निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताएका छन्।

    भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खड्काले अन्तरिम सरकारले गठन गरेको आयोगप्रति सचेत रहन आग्रह गरेका हुन्। उनले भने, “यी दुवै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भई निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्छ।”

    कार्यवाहक सभापति खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू जन्माएको पनि उल्लेख गरे। “यही क्रममा नेताहरूको स्थानहदसम्बन्धी निर्णयलगायतका कार्यहरूले गम्भीर प्रश्न उठाएका छन्,” उनले भने, “त्यसैले यसतर्फ आयोग थप सतर्क हुन जरुरी छ र सचेत रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।”

    खड्काले घटनाका क्रममा नागरिकको जीउ–धनको सुरक्षा गर्ने जिम्मेवारी लिएका सुरक्षाकर्मीमाथि आक्रमण, हातहतियार लुटपाट, निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। यस्ता कार्यबाट पीडित नागरिकको सर्वस्व नष्ट भएको उनको भनाइ छ।

    “पीडितले न्याय पाउने सुनिश्चित गर्नु कानुनी राज्यको प्रमुख दायित्व हो,” खड्काले भने, “यो सरकारको कर्तव्य हो र गठन गरिएका आयोगहरूको परम जिम्मेवारी पनि हो।” उनले लोकतन्त्रमाथि निरंकुशता वा अस्थिरताको खतरा देखिँदा कांग्रेस, एमालेसहित अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्दै आएको इतिहाससमेत स्मरण गराए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ