काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिक्रिया