• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    एक वर्षदेखि थन्किएको उजुरी खुल्दा २ अर्बको कर्जा काण्डले प्रभु बैंकका सीईओ शेरचन हिरासतमा

    4.5K
    SHARES



    काठमाडौँ । बर्षैदेखि सीआईबीको डेस्कमै थन्किएको २ अर्ब रुपैयाँको कर्जा दुरुपयोग उजुरी पुनः खुल्दा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित डेपुटी सीईओ मनिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवाज श्रेष्ठ पक्राउ परेका छन्।

    केन्द्रीय कार्यालयमै छापा मारेर बाहालवाला नेतृत्व तहका तीन जना पक्राउ परेपछि बैंकिङ क्षेत्र भित्रको लाको धन्धा बाहिर आएको छ ।

    उनीहरूलाई विभिन्न कम्पनीका नाममा करोडौं कर्जा प्रवाह गरी त्यसको सुनियोजित दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।

    खासगरी, सीईओ शेरचनले आफन्त सञ्चालक रहेको जानकी मेडिकल कलेजका नाममा २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा अघिल्लो वर्ष नै सीआईबीमा उजुरी परेको थियो । तर, यसमाथि अहिलेसम्म कुनैपनि कानूनी प्रक्रिया अघि नबढेपनि यतिबेला भने सीआईबीले फाइल खोलेको हो । यसअघि शेरचनविरुद्ध परेको उजुरीको फाइल प्रहरीले गुपचुप थन्क्याएको थियो ।

    शेरचनले २०७१ साल तिरै ऋण अपचलन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । बैंकले सो समयमा जानकी मेडिकल कलेजका नाममा डेढ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जबकी, बैंकलाई सो कर्जावापतको सावा ब्याज भने एक रुपैयाँ पनि नआएको देखिन्छ । राम जानकी हेल्थ फाउन्डेशनले सञ्चालन गरेको जानकी मेडिकल कलेजका सञ्चालक हरिकृष्ण भट्टचन नातामा शेचरनको ससुरा पर्ने देखाउँछ ।

    जबकी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले बैंकका सीईओ एवं बैंकका सञ्चालकहरुले नातेदारलाई कर्जा प्रवाह गरेमा बैंकिङ्ग कसुर मानिनेछ । तरपनि खुलमखुल्ला सीईओ शेरचनले आफन्त मूख्य सञ्चालक रहेको जानकी मेडिकल कलेजलाई डेढ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेर बैंकिङ्ग कसुर गरिसकेका थिए । तर, पनि सत्ता र शक्तिको आडमा कानूनी दायरालाई प्रभावित बनाइरहेका थिए ।

    सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले उनीहरुलाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्र्तगत उच्च अदालत पाटनको आदेशमा पक्राउ जानकारी दिए । उनका अनुसार प्रतिवादी कुसुम लामाले अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको क्रममा संकलन भएका विवरण तथा तथ्यहरुको अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका सीईओले राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको पाइएको छ ।

    यसैगरी, ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा समेत उनीहरु पक्राउ परेको सीआईबी प्रमुख मनोजकुमार केसीले बताए । ‘ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरका आधारमा पनि पक्राउ गरिएको हो,’ उनले बैंकिङ्ग समाचारसँग भने । उनीहरुलाई पक्राउ गरेर बैंकिङ्ग कसुरको मुद्धासँगै ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा समेत अनुसन्धान अघि बढेको छ ।

    प्रभु म्यानेजमेन्ट प्रालिको ठगी घटनामा अनुसन्धान गर्न सीआईबीको टोलीले प्रभु बैंकमा छापा मारेको थियो । प्रभु बैंकको केन्द्रीय कार्यालयमा मारेको छापाबाट सीआईबीले कागजात अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । विगतदेखि नै सीआईबीमा प्रभु बैंकविरुद्ध विभिन्न नामका उजुरीको चाङ थियो । उता प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन भने सरकारी वकिल कार्यालयको आदेशमा पक्राउ परेको १५ दिनमै थुनामुक्त भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ