काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले ५४ प्रतिशत हस्ताक्षर भईसकेको अवस्था हुंदा बिशेष महाधिवेशनको प्रकया सुरु भईसकेको बताएका छन् । उनले सामाजिक संजालमा लेख्दै बिशेष महाधिभेसन पक्षधरले खुट्टा नकमाई सरेको सरै गर्ने केन्द्रीय समितिमा नगई महाधिवेशनका लागि पर्चा, पम्लेट, महाधिवेसनस्थलको तयारीमा लाग्नुपर्ने बताएका छन् ।
नेता आचार्यले ५४ प्रतिशत महाधिवेसन प्रतिनिधिले हस्ताक्षर गरी माग गरिएको बिषयमा केन्द्रीय समितिसंग महाधिवेशनबारे निर्णय हेरफेर गर्ने अधिकार नभएको भन्दै अनुमोदन गर्नेबाहेकको बिकल्प नभएको दाबी गरेका छन् । कांग्रेस बैठक पटक पटक सारेका कारण आक्रोशिद हुंदै आचार्यले भनेका छन्, “भदौ २३-२४को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिए पछि केन्द्रीय समिति पनि अनुमोदन त हुनुपर्यो नि हैन र ?”
उनले थपे, “सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् तर अधिवेशनको कुरा उठीसकेपछि ब्याक हुनु राम्रो होईन, पटक्कै राम्रो होईन,पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ !”
नेता आचार्यको स्टाटस् जस्ताको तस्तैः
नेपाली कांग्रेसमा अधिवेशन गर्दा किन आपत्ति ? ५४ प्रतिशत(धारा १७-२)को हस्ताक्षर भएको अवस्थामा अधिवेशनको बिषयमा छलफल नै आवश्यक छैन ! भदौ २३-२४को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिए पछि केन्द्रीय समिति पनि अनुमेदन त हुनुपर्यो नि हैन र ?
गुट-उपगुटको कुरा छाडौं, को नेतृत्वमा पुग्छ छाडौं !
अधिवेशनको माग नाजायज छैन, पटक-पटक भन्छु, ४ बर्षमा हुन नीयमित हुन नसकेमा बिशेष महाधिभेसन हुनु पर्छ भन्ने माग पनि गलत छैन,
सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् तर अधिवेशनको कुरा उठिसकेपछि ब्याक हुनु राम्रो होईन, पटक्कै राम्रो होईन,पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ !
नेतृत्वगण कृपया तत्काल अधिवेशनको मिति तोक्नुहोस्, कांग्रेस पार्टीलाई दुर्घटनाबाट बचाउनुहोस्! कार्यकर्तामा र शुभचिन्तकमा भएको महाधिभेसनको अन्योल हटाउनुहोस्
अव पार्टीको बिधानमा कुनैहालतमा ४ बर्षमा अधिवेशन गर्नेगरी संसोधन पनि गर्नुहोस्,
अव सभापतिमाथी सांघातिक आक्रमण हुंदा, पार्टी केन्द्रीय कार्यालय ध्वस्त हुंदा,
नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताका घर सम्पति ध्वस्त भई सरकारको सहयात्री दलका हैशियतमा रहंदा देशै जल्दा केही गर्न नसक्ने कांग्रेस पार्टी नेतृत्व कि परिवर्तन हुनुपर्छ नत्र अनुमोदन,
एक प्रकारले त केन्द्रीय समितिसंग ५४ प्रतिशतको हस्ताक्षर भईसकेपछि बिशेष अधिवेसनका बिषयमा छलफल गर्ने अधिकार पनि सकियो, अनुमोदन गर्ने हैशियतमात्र छ,
केन्द्रीय समितिके बडी भन्दा त महाधिवेशन प्रतिनिधिहरुको बडी नै ठुला हो, होईन र ?
कि अझ अझ ५४ प्रतिशत कृयाशीललाई हस्ताक्षर गराएर महाधिवेसन नगर्ने मुद्दा वलियो बनाउनुपर्यो
नत्र
महाधिवेशन पक्षधरले ५४ प्रतिशतलाई हस्ताक्षर गराएको सही हो भने र बिशेश महाधिवेशन पक्षधरसंग अलिकति पनि दम छ भने कांग्रेस बिशेष महाधिवेषनको मुखमा छ,
पटक-पटक सर्ने केन्द्रीय समिति बैठकमा नगएर, बहिस्कार गरेर बिशेष महाधिवेशनको तयारीमा लाग्नुहोस्
यसमा यो वा त्यो रुपमा प्रश्नै नगरौं, नअल्झाऔं ! जय नेपाल !
प्रतिक्रिया