काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ ।
दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् ।
सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।
पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया राख्ने सहमति भएको छ । झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गरिने भएको छ ।
केही दिनभित्रै दुई पार्टीबीच एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र सम्मेलन गर्ने जानकारी पनि उनले गराए ।
प्रतिक्रिया