• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जयूएईबीच रेमिट्यान्स सेवा सम्झौता

    1.5K
    SHARES



    काठमाडौँ । विदेशबाट नेपालमाभित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ ।

    माछापुच्छ्रे बैंकले यूएईमारहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएईस्थित जोयालुक्कास एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो । रेमिट्यान्स सम्बन्धि उक्त सम्झौता पत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

    उक्त सम्झौता पछि अब यूएईमारहेका नेपालीहरुले यूएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु,शाखारहित बैंकिक सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

    साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरि पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्थापनियस बैंकले मिलाएको छ ।

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ