• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, यस्तो छ राजनीतिक प्रतिबद्धता

    829
    SHARES



    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

    आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

    कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

    प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीले आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टी घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

    ‘नेपाली माटो हाम्रो बाटो’ नारा बोकेको पार्टीले सुरुमै आत्मालोचना र स्वघोषणा गरेको छ । ‘विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्दछौँ’, प्रतिबद्धतामा भनिएको ।

    पार्टीले राजनीतिक पुनर्संरचना गर्ने, आर्थिक पुनर्संरचना गर्ने, नीति र प्रणालीगत पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि पुनर्जागरण आन्दोलन गर्ने, भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने, प्रविधिको विकास र प्रयोग गर्ने लक्ष्य लिइएको छ ।

    पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त समाज विकासको नविनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद रहने उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ