• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बाबुराम–सन्तोष परियारसँग एकताअघि त्रिपुरेश्वरमा जनार्दन शर्माको भेला

    1.3K
    SHARES



    काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानले आज काठमाडौं त्रिपुरेश्वरमा आफ्नो पहिलो राष्ट्रिय भेला सम्पन्न गरेको छ। अभियानको नेतृत्व जनार्दन शर्माले गरिरहेका छन्।

    भेलामा संयोजक शर्मासहित राम कार्की, सुदन किराँतीलगायत विभिन्न नेता–कार्यकर्ता उपस्थित थिए। भोलि शर्माको अभियान, नेसपा नयाँ शक्ति र रास्वपा त्यागेका नेता सन्तोष परियारबीच पार्टी एकता हुने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

    पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले शर्मा, परियारसहित विभिन्न धारबाट अलग भएका नेता–कार्यकर्तालाई एउटै संरचनामा पुनर्संगठित गर्ने प्रयास भइरहेको छ। एकतापूर्वको वातावरण निर्माण र तयारीबारे जानकारी गराउन आजको भेला आयोजना गरिएको संयोजक शर्माले बताए।

    भेलालाई सम्बोधन गर्दै शर्माले प्रचण्डको अवसरवादी राजनीतिक चरित्रकै कारण माओवादी कमजोर र विखण्डन भएको आरोप लगाए। साथै, अब बन्ने नयाँ पार्टीको दिशा, उद्देश्य र आगामी योजनाबारे सहभागीहरूलाई अवगत गराए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ