• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जेनजी युवाहरूलाई प्रचण्डले भने- अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिन्छु

    771
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् ।

    यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी युवाहरुसँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए ।

    ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ प्रचण्डले भने ।

    यो वातावरण बनाउन आफू लागि परेको पनि उनले बताए । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढनुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमापनि उनको जोड रहेको छ ।

    आफूहरूले निरन्तर संसद्मा रहेर संघर्षमा गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेनजी आन्दोलन भएपछि थप उर्जा प्राप्त भएको पनि प्रचण्डले बताए ।

    जेनजी पुस्ताले पहलकदमी लिएर २३ र २४ भदौमा गरेको आन्दोलनले देशलाई र विश्वभर रहेका नेपालीहरूलाई राम्रैसँग झकझक्याएको पनि प्रचण्डले बताए । त्यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित र बाध्य दुवै पारेको प्रचण्डको भनाइ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ