• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंकको ८ प्रतिशत लाभांश स्वीकृत

    1.1K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

    बैंकको शुक्रबार सम्पन्न साधारणभाले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

    पोखरामा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिबेदन पारित गरेको छ । साथै, आव २०८१/८२ को खुद नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    माछापुच्छ्रे बैंक चालु आव वार्षिक साधारणसभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बनेको छ । बैंकले उक्त नगद लाभांश दशंैअघि नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने छ ।

    बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पूँजी १२ अर्ब ८ करोड पुग्ने छ । बैंकले गत आव १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ