• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न पुगेका सांसदहरू उपसभामुखको कार्यकक्षमा थुनिए

    1.4K
    SHARES



    जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न पुगेका सात राजनीतिक दलका सांसदहरू उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका छन्। उपसभामुखको कार्यकक्षमा सभामुख मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूले सांसदहरूलाई थुनेको बताइएको छ। प्रस्ताव दर्ता गराएर निस्कन खोज्दा दुई पक्षबीच झडप समेत भएको छ।

    झडपका क्रममा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपा प्रदेश सांसद उपेन्द्र महतो, र जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको छ। प्रदेश सांसद महतोले आरोप लगाउँदै भने, “हामी सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएर निस्किँदै गर्दा सभामुख मण्डलसहित उनका कार्यकर्ताले हातपात गरे।”

    गत शनिबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदा सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितका सात दलले उनलाई पदमुक्त गर्नुपर्ने माग गरेका थिए। सभामुख मण्डल एमालेबाट चयन भएका थिए। सात दलीय गठबन्धनको दाबी अनुसार, सभामुख मण्डल र एमलेकै कोटाको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कारण पछिल्लो घटनाक्रम उत्पन्न भएको हो।

    गठबन्धनको आरोप छ कि सभामुख मण्डलले एमेलकै सत्तापक्षीय दलको छलफल चलाइरहेकै बेला सदनको कामकारबाही अघि बढाएका थिए, जसले तत्कालीन मुख्यमन्त्री सोनललाई राजीनामा दिन बाध्य तुल्याएको थियो। यो घटनाक्रमले मधेश प्रदेशमा सांसदीय तहमा राजनीतिक तनाव बढाएको छ। सात दलीय गठबन्धन र एमएलएबीिचको यस विवादले आगामी सदनको कार्यविधि र प्रदेश राजनीति सक्रिय रूपमा प्रभावित हुने देखिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ