काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले केपी ओलीको अहङ्कारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भएको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभामा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै रावलले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको नाम उच्चरण नभई नेकपा विघटनको आरोप लगाएका हुन् ।
‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो । एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्लामा लागेर नेकपा ध्वस्त पारेको दुःखद क्षण सम्झेको छु’, उनले भने– ‘दुई तिहाइका प्रधानमन्त्रीले एउटा अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गर्नुभयो । त्यसको दुई दिनपछि प्रतिनिधिसभा विघटन पो गरिसक्नुभएको छ । सर्वोच्च अदालतले संविधान विपरीत भन्यो । त्यो कुरा पनि सुन्नुभएन दोस्रोपटक फेरि प्रतिनिधिसभा विघटन गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा यति ठुलो धोका, यति धेरै गद्दारी अरु के हुनसक्छ ।’
प्रतिक्रिया