• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेको महाधिवेशनमा कहाँ-कहाँबाट कति जना आउँदैछन प्रतिनिधि ?

    725
    SHARES



    काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा २१२७ प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले महाधिवेशनमा प्रतिनिधिहरू कुन क्षेत्रबाट कसरी चयन हुने भन्ने विषय स्पष्ट पारेको छ। महाधिवेशन आगामी २७–२९ मंसिरमा काठमाडौंमा आयोजना हुँदैछ।

    पार्टीका सचिव डा. भिष्म अधिकारीका अनुसार, प्रतिनिधि चयन पार्टी सदस्यताको आधारमा विभिन्न क्लस्टरमा विभाजन गरेर गरिएको छ। केन्द्रीय कमिटी, तीनवटा आयोग र सल्लाहकार परिषदबाट ४६४ प्रतिनिधि आएर महाधिवेशनमा सहभागी हुनेछन्। यसमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र सल्लाहकार परिषदबाट २५ प्रतिनिधि रहने छन्।

    महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो, जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ। यस अनुसार १६५ संघीय निर्वाचन क्षेत्रबाट ११३५ प्रतिनिधि सहभागी हुनेछन्। हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एक जना युवा र एक जना महिला सहित चार जनाले प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ। सदस्य संख्या बढेसँगै थप महिला र खुला प्रतिनिधि चयन हुने व्यवस्था पनि छ।

    यसैगरी, विशेष जिल्ला कमिटीबाट ४७ जना प्रतिनिधि र दलित क्लस्टर अन्तर्गत ८१ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। दलित प्रतिनिधिहरूमा पनि कम्तीमा एक जना महिला रहने सुनिश्चित गरिएको छ।

    श्रमिक क्लस्टरबाट ४९ जना प्रतिनिधि चयन हुने व्यवस्था छ भने, प्रवास कमिटीका प्रतिनिधि ३५ जना रहनेछन्। यसमा भारत प्रवास विशेष कमिटीबाट १० जना, अमेरिका/क्यानडा, युरोप, एशिया–प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा पाँच–पाँच जना प्रतिनिधि निर्वाचित हुनेछन्।

    केन्द्रीय विभाग र कार्यालयका सदस्यहरूबाट ३३ प्रतिनिधि महाधिवेशनमा आउनेछन्। त्यस्तै, २३ जनसंगठनबाट १३७ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ। एमालेको विधान अनुसार, कुल प्रतिनिधिको पाँच प्रतिशत पार्टी सचिवालयले मनोनित गर्ने प्रावधानअनुसार थप १०१ प्रतिनिधि मनोनित हुनेछन्। यसरी कुल प्रतिनिधि संख्या २,१२७ पुग्नेछ।

    पार्टीका अनुसार, यस व्यवस्थाले महाधिवेशनमा सबै क्षेत्र र समूहको समावेशिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ