• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

    1.5K
    SHARES



    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी छ।

    पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरू धारणा राख्ने क्रम निरन्तर जारी रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    अध्यक्ष यादवले प्रस्तुत गरेको २२ बुँदे प्रतिवेदनमा नेपालको वर्तमान राजनीतिक परिस्थिति, जसपाको दृष्टिकोण र कार्यदिशा, संगठनात्मक योजना, पार्टी एकता, मोर्चा तथा चुनावी तालमेल लगायतका विषय समेटिएका छन्।

    बैठकले अध्यक्ष यादवद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमाथि पनि निर्णय लिने तयारी गरेको बस्नेतले बताए।

    यसैबीच, अशोक राई नेतृत्वको जनता समाजवादी (जसपा)को बैठक पनि आजै बस्ने कार्यक्रम रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ