• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं नागरिक विस्थापित

    442
    SHARES



    काठमाडौं । फिलिपिन्समा कालमेगी नामक भीषण आँधीका कारण कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने लाखौं नागरिक घरबार छोडी पलायन भएका छन्। अझै १३ जना बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन्।

    कालमेगीले देशका धेरै क्षेत्रमा बाढी र भीषण विनाश मचाएको छ। विशेषगरी मध्य फिलिपिन्सको सबैभन्दा जनघनत्वयुक्त सेबु द्वीपमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। मृत्यु हुनेमध्ये धेरैजना यही क्षेत्रमा रहेका छन्।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मानिसहरू घरका छानामाथि अड्किएका, र सवारीसाधनहरू सडकमा बगिरहेका दृश्यहरू देखिएका छन्। फिलिपिन्स सेनाले उद्धारका लागि खटाएको हेलिकप्टर दुर्घटनामा परेको पनि पुष्टि भएको छ। सो हेलिकप्टरमा रहेका छ सदस्यको मृत्यु भएको बताइए पनि उनीहरूलाई आधिकारिक मृतक सूचीमा समावेश गरिएको छैन।

    बीबीसीका अनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनाग्रस्त भएको हो। फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गर्दछ। एक महिनाअघि आएको अर्को भीषण आँधीमा पनि कैयौँ मानिसले ज्यान गुमाएका थिए।

    स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तीव्र रूपमा चलिरहेको जनाएका छन् भने क्षतिको वास्तविक विवरण संकलन भइरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ