• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस केन्द्रीय समिति बैठकमा ११ जनाले राखे धारणा

    1.9K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा ११ जनाले आफ्नो धारणा राखेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सह–महामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठसहितका केन्द्रीय सदस्यहरूले आफ्नो मत व्यक्त गरेका थिए।

    त्यसैगरी, कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले पनि बैठकमा आ–आफ्नो धारणा प्रस्तुत गरेका छन्।

    गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान साढे ११ बजे पुनः पार्टी कार्यालय सानेपामै बस्ने कार्यक्रम तय गरिएको पार्टी स्रोतले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ