• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशनको मिति निर्धारण मुख्य एजेन्डा

    554
    SHARES



    काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति निर्धारण मुख्य एजेन्डा रहनेछ।

    महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन पक्ष र असन्तुष्ट समूहबीच मतभेद कायम छ। यही कारण गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठकहरू समेत स्थगित भएका थिए। आजको बैठकमा महामन्त्री गगनकुमार थापा समूह र संस्थापन पक्ष दुवैले फरक–फरक कार्यतालिका पेश गर्ने तयारी गरेका छन्।

    संस्थापन पक्षले सोमबार नयाँ बानेश्वरमा बसेको भेलामा आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ। सो प्रस्ताव आज केन्द्रीय कार्यसमितिमा टेबुल गरिने बताइएको छ।

    तर संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। उनीहरूले विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

    आजको बैठक निर्णायक बन्न सक्ने अनुमान गरिएको छ। बैठकले सहमतिबाट महाधिवेशन मिति टुंग्याउने वा पुनः छलफलका लागि समय लिने भन्ने विषयमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ