• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेमा फर्किन आपत्ति छैन, तर ढोका राम्रोसँग खुल्नुपर्छ: झलनाथ खनाल

    1.1K
    SHARES



    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आफ्ना निकट नेताहरूको भेलामा सहभागी हुँदै खनालले पार्टीलाई पुनर्गठन गरी सिङ्गो बनाइने बताए।

    उनले वर्तमानमा पार्टी टुक्रिएको अवस्थामा रहेको र त्यसलाई सिङ्गो बनाउनु आवश्यक रहेको बताए। खनालले भने, “उचित वातावरण बनेको खण्डमा एमालेमा फर्किन कुनै आपत्ति छैन।” यद्यपि उनले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भने, “केपी ओलीले घर फर्क भनेर मात्रै पर्याप्त हुँदैन। फर्किन ढोका राम्रोसँग खुल्नुपर्छ र बस्ने व्यवस्था पनि उचित हुनु आवश्यक छ।”

    खनालले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउन आफूहरू छलफलमा जुटिरहेको धारणा व्यक्त गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ