काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि राजधानीको मिराकल भेन्युमा जारी रहने भएको छ।
बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा उनले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नहुँदा तत्काल पार्टी एकता सम्भव नभएको बताएका छन्।
बैठक कात्तिक १४ गतेसम्म चल्नेछ र यसले पार्टीको वैचारिक दृष्टिकोण, सैद्धान्तिक निर्णय, पुनर्गठन कार्ययोजना साथै हालको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
यसैबीच बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानता विरुद्ध आवश्यक अभियान सञ्चालन तथा कार्यक्रम अनुमोदनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
पार्टीले आगामी पुस्तान्तरण र नेतृत्व व्यवस्थापनमा स्थायित्व ल्याउने प्रयास गर्दैछ। बैठकमा वैचारिक स्पष्टता र भविष्यका अभियानहरू तय गर्न विशेष जोड दिइएको छ।
प्रतिक्रिया