• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    दक्षिण चीन सागरमा खसे अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर

    1.7K
    SHARES



    काठमाडौं । अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा खसेका छन् । फरक–फरक समयमा भएका यी दुई दुर्घटनामा चालक दलका पाँचै जना सदस्यलाई सकुशल उद्धार गरिएको अमेरिकी नौसेनाले जनाएको छ ।

    पहिलो घटना आइतबार दिउँसो करिब २:४५ बजे भएको थियो। ‘ब्याटल क्याट्स’ स्क्वाड्रन–७३ अन्तर्गतको एमएच–६० आर सी–हक हेलिकप्टर उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो। तत्कालै पठाइएको खोज तथा उद्धार टोलीले हेलिकप्टरका तीन सदस्यलाई सुरक्षित रूपमा उद्धार गरेको बताइएको छ।

    त्यसको झन्डै ३० मिनेटपछि, दिउँसो करिब ३:१५ बजे, ‘फाइटिङ रेडकक्स’ स्क्वाड्रन–२२ अन्तर्गतको एफ/ए–१८ सुपर हर्नेट फाइटर जेट पनि त्यही समुद्री क्षेत्रमा खसेको थियो। जेटमा रहेका दुई पाइलटले प्यारासुटको सहायताले समयमा विमानबाट बाहिर निस्कन सफल भएका र पछि उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरेको नौसेनाको भनाइ छ।

    अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा पाँचै जना चालक दलका सदस्यलाई उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ। दुवै दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको नौसेनाले जनाएको छ। साथै, भविष्यमा यस्ता घटना नदोहरिउन् भन्ने उद्देश्यले सबै सुरक्षा प्रोटोकल र अपरेसन प्रक्रियाको विस्तृत समीक्षा गरिने पनि नौसेनाले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ