• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री कार्की र सुरक्षा निकायका प्रमुखबीच उच्चस्तरीय छलफल

    698
    SHARES



    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू उपस्थित थिए।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशको हालको सुरक्षा अवस्था र सम्भावित चुनौतीहरूबारे विस्तृत समीक्षा गरिएको थियो। झण्डै दुई घण्टा लामो बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना विश्लेषण र सुझावहरू प्रस्तुत गरेका थिए।

    बैठकमा आगामी दिनमा उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरूका विषयमा आवश्यक तयारी र समन्वयका उपायहरूबारे पनि छलफल गरिएको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायहरूबीच सूचना आदान–प्रदान र सहकार्यलाई थप सुदृढ बनाउन निर्देशन दिएकी छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ