• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेपालमा ‘अमेरिकी–तिब्बतीयन सेना’ बन्न लागेको हो कि भन्नेमा विप्लवको आशंका

    767
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा हाल देखा परिरहेको टीओबी (TOB) समूहप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त समूहमार्फत नेपालमा कुनै ‘अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ गठन गर्ने प्रयास भइरहेको त होइन भन्ने शंका सार्वजनिक रूपमा व्यक्त गरेका हुन्।

    पार्टीका ताजा निर्णयहरू सार्वजनिक गर्ने क्रममा आइतबार आयोजित कार्यक्रममा बोल्दै महासचिव चन्दले भने, “अहिले टीओबी भन्ने समूह देखिएको छ, हतियार देखाएको छ। अहिले अमेरिकाको प्रत्यक्ष हस्तक्षेप देखिएको छ। कतै अमेरिकी–नेपाली–तिब्बतीयन सेना बनेको त होइन?”

    विप्लवले हालको संविधान, शासन संरचना र सत्तारुढ व्यवस्थाको कमजोर जनआस्थाप्रति प्रश्न उठाउँदै देशमा व्यापक राजनीतिक पुनर्गठनको आवश्यकता रहेको बताए। उनका अनुसार, अहिलेको सरकार वा संविधानले यस्तो परिस्थिति सम्हाल्न सक्दैन, त्यसैले सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने उनको माग छ।

    “हामीले भनेका छौं — सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,” उनले भने, “त्यसमा जेनजी आन्दोलनका प्रतिनिधि, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी र व्यवसायी सबै वर्गको सहभागिता हुनुपर्छ।” विप्लवले सर्वपक्षीय सरकारमार्फत उच्च स्तरीय संविधान सुधार आयोग गठन गरी संविधान संशोधन, शासन स्वरूपमा सुधार र प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने पनि माग गरेका छन्।

    उनका अनुसार, “संविधान संशोधन गरेर पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमा आधारित शासन व्यवस्था निर्माण गरिनुपर्छ, अनि मात्र देश चुनावमा जानुपर्छ।” यस्तै, उनले हालैको जेनजी आन्दोलनका मागहरू पूरा गर्न र देशमा व्यापक भ्रष्ट्राचार छानबिन गर्न “उच्चस्तरीय भ्रष्टाचार छानबिन आयोग” गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ