• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ट्रम्पको ‘राजाजस्तो’ कार्यशैलीविरुद्ध अमेरिकामा विशाल प्रदर्शन

    774
    SHARES



    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली राजा जस्तो हुँदै गएको आरोपमा शनिबार अमेरिका भरि प्रदर्शन भएको छ। राजधानी वाशिङ्टन डीसीसहित न्यूयोर्क, सिकागो, मियामी, लस एन्जलस र अन्य शहरमा सयौं नागरिकले ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ अभियानमा भाग लिए।

    न्यूयोर्क सिटीको टाइम्स स्क्वायर र वरिपरिका सडकहरू हजारौं प्रदर्शनकारीले भरिएका थिए। प्रदर्शनकारीहरूले “Democracy, not Monarchy” र “The Constitution is not optional” लेखिएका प्लेकार्ड बोकेर राष्ट्रपति ट्रम्पको कार्यशैलीप्रति आक्रोश पोखेका थिए।

    प्रदर्शनअघि ट्रम्प पक्षधरहरूले प्रदर्शनकारीलाई अतिवामपन्थी ‘एन्टिफा’ आन्दोलनसँग जोडेर अमेरिकाविरोधी र्‍यालीको संज्ञा दिएका थिए। तर अमेरिकी सञ्चारमाध्यमले प्रदर्शन शान्तिपूर्ण भएको पुष्टि गरेका छन्। ट्रम्पले आफूलाई ‘तानाशाह’ वा ‘फासिस्ट’ भन्ने आरोप खारेज गर्दै देश पुनर्निर्माणका लागि कदम चाल्नुपर्ने बताउँदै आफ्नो बचाउ गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, “म राजा होइन, तिनीहरूले मलाई राजा भन्छन्, तर यो कुनै अभिनय होइन।”

    न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी)का अनुसार शहरभर करिब १ लाख मानिस भेला भए। टाइम्स स्क्वायर वरिपरि मात्र २० हजारभन्दा बढी सहभागी थिए। प्रदर्शनमा सहभागी लेखक बेथ जास्लोफले भनिन्, “हामी फासिस्ट शासनतर्फ जाँदैछौँ भन्ने डरले म यहाँ आएको हुँ। यस्ता हजारौँ मानिससँग हुनु आशाको कुरा हो।” इटाली मूलका अमेरिकी नागरिक मास्सिमो मास्कोलीले भने, “अमेरिका पनि इटालीले विगतमा लिएको गलत बाटोमा हिँड्दैछ।”

    वाशिङ्टन डीसीमा पनि हजारौं नागरिक सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले ‘आई एम एन्टिफा’ लेखिएका प्लेकार्ड बोकेका थिए। सिनेटर चक शुमरले भने, “अमेरिकामा कुनै तानाशाह हुँदैन, हामी ट्रम्पलाई लोकतन्त्र कमजोर पार्न दिँदैनौँ।” बर्नी स्यान्डर्स, कोरी बुकर र क्रिस मर्फीले पनि प्रदर्शनकारीलाई समर्थन जनाए।

    अमेरिकामा प्रदर्शन भएसँगै युरोपका शहरहरू—बर्लिन, म्याड्रिड, रोम—र क्यानडाको टोरन्टोमा पनि विरोध र्‍याली भएको थियो। हालैको सर्वेक्षण अनुसार ट्रम्पको लोकप्रियता ४० प्रतिशतमा झरेको छ भने ५८ प्रतिशत नागरिक असन्तुष्ट छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ