बुटवल। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देही जिल्लामा आफ्नो संगठनलाई विस्तार गरेको छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) की केन्द्रीय सदस्यबाट राजीनामा दिएकी बुटवलकी सूशीला पुलामीमगर अब श्रम संस्कृति पार्टीको जिल्ला अध्यक्ष बनेकी छन्।
सचिव सुगम राईका अनुसार, पार्टीको जिल्ला समितिमा उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा शिशिर घर्तिमगर र सहसचिवमा विमला कुँवर चयन भएका छन्। यस्तै, बुटवल उपमहानगर समितिको अध्यक्षमा जेन जी पुस्ताबाट विजय विश्वकर्मा चयन भएका छन्। उपाध्यक्षमा बाघबहादुर बुढा, सचिवमा सुजन कुँवर, कोषाध्यक्षमा विराज श्रेष्ठ र सहसचिवमा शैलेन्द्र सुनार रहेका छन्।
पार्टीका तुलविर दर्लामी मगरका अनुसार, जिल्ला र नगर समितिमा बाँकी पदपूर्ति आवश्यकताअनुसार पछि गरिनेछ। संगठन घोषणा सभापछि नयाँ कार्यसमितिका सदस्यहरूले बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्क बाहिर सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरेका छन्।
हर्क साम्पाङले घोषणा गरेको श्रम संस्कृति पार्टी हाल निर्वाचन आयोगमा दर्ताकै प्रक्रियामा रहेको छ।
प्रतिक्रिया