• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले बैठकमा बोल्नेहरूले भने- ‘जेनजी विद्रोहको नैतिक जिम्मेवारी ओलीकै’

    1.5K
    SHARES



    १० बुँदामा आफ्नो धारणा राख्दै तिम्सिनाले जेनजी विद्रोह र त्यसमा भएको क्षतिको नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीकै हुनुपर्ने बताइन्। उनले सो घटनालाई षड्यन्त्रको रूपमा व्याख्या गर्ने ओलीको दृष्टिकोणमाथि प्रश्न उठाउँदै भनिन्,

    “यदि त्यो षड्यन्त्र हो भने कुन–कुन वैदेशिक निकायहरू त्यसमा संलग्न छन् भनेर किटान गर्न हिम्मत छ ? कुनै दूतावासका अधिकारीहरूलाई बोलाएर सोध्न सकिन्छ ?” उनले अध्यक्ष ओली नेतृत्वको ११ वर्षको अवधिमा भएका अभ्यासहरूले बाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको आरोप समेत लगाइन्।

    तिम्सिनाले संसद् पुनर्स्थापनामा नभई नयाँ निर्वाचनमा जानुपर्ने पार्टीको धारणा बन्नुपर्नेमा जोड दिइन्। “हामी नयाँ नेतृत्वसहित चुनावमा गयौँ भने, एमाले खरानी टकटक्याएर बौरनेछ,” तिम्सिनाको भनाइ थियो।

    अर्का सदस्य सिंहले भने– ‘ओलीको प्रतिवेदन २४ घण्टामै फेल’

    बैठकमा अर्का केन्द्रीय सदस्य अरविन्द सिंहले भने एमाले विधान महाधिवेशनले पारित गरेको ओलीको राजनीतिक प्रतिवेदन २४ घण्टा नबित्दै फेल भएको टिप्पणी गरे। उनले भने, “फेल भएको कार्यनीति बोकेर पाँच वर्ष कसरी जाने ? नेतृत्वले जे सुन्न चाहन्छ त्यही मात्र सुनाउने प्रवृत्तिले पार्टीलाई अझ कमजोर बनाउँछ।” सिंहले भदौ २३ गतेको घटनालाई सतही विश्लेषणका आधारमा ‘आजिवन उन्मुक्ति नपाउने अपराध’ भन्दै त्यसमा पार्टी नेतृत्वले आत्मालोचना गर्नुपर्ने बताए। उनले भने – “आज जनताको आक्रोश एमालेमाथि भन्दा बढी अध्यक्ष ओली र उनलाई घेरेर चलाउने समूहमाथि छ। त्यसैले जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने उपाय हो।”

    सिंहले दुई पटक संसद् विघटन गरेको पार्टीले पुनर्स्थापनाको माग लिएर सडकमा जाँदा जनतामाझ घृणा र हाँसोको पात्र बन्ने चेतावनी पनि दिए। उनले विद्या भण्डारीको सदस्यता नवीकरण गरेर पार्टीमा फर्काउने वातावरण बनाउनुपर्ने माग समेत राखे।

    पहिलो र दोस्रो दिन पनि उठ्यो राजीनामाको माग

    एमालेको बैठकको पहिलो र दोस्रो दिन पनि केही केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए। बैठक अझै जारी छ र ओलीको नेतृत्वमाथिको असन्तुष्टि क्रमशः बढ्दै गएको देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ