• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा विप्लवको पार्टीमा अन्योल

    693
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा पार्टीभित्र अन्योल देखिएको छ ।

    भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेको थियो । तर कार्की सरकार गठन र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा झन्डै एक दर्जन रिट दर्ता भएपछि नेकपाभित्र मतभेद उत्पन्न भएको हो ।

    यद्यपि नेकपाले यसअघि नै निर्वाचनमा भाग लिने नीति अवलम्बन गर्ने निर्णय गरिसकेको छ । पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढाका अनुसार अहिले निर्वाचन हुने वा नहुने स्पष्ट नभएकाले अन्तिम निर्णय पर्खिएको हो ।

    ‘निर्वाचनमा भाग लिने भनेर हाम्रो पार्टीले पहिल्यै निर्णय गरिसकेको छ,’ बुढाले रातोपाटीसँग भने, ‘तर जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतमा रिट परेकाले निर्वाचन हुने वा नहुने स्पष्ट छैन । निर्वाचन भयो भने भाग लिन्छौं, नभए अन्य विकल्पबारे छलफल हुनेछ ।’

    उनका अनुसार निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया जारी छ र पार्टीको नाम सम्बन्धमा ‘माओवादी’, ‘मार्क्सवादी’, ‘लेनिनवादी’ जस्ता पुच्छर नराख्ने गरी विभिन्न प्रस्ताव आएका छन् ।

    ‘हामी समान विचारधारा र कार्यदिशा बोकेका वामपन्थी तथा कम्युनिस्ट घटकहरूलाई समेट्ने गरी पार्टीको नाम निर्धारण गर्ने तयारीमा छौं,’ बुढाले बताए । नेकपाले अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वाम शक्तिहरूसँग एकता र ध्रुवीकरणका प्रयास पनि तीव्र पारेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ