• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै

    241
    SHARES



    धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन् ।

    सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो ।

    यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए । तर जनमतले कांग्रेस-एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो । जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ ।

    एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् । सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ