• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    सेयर बजारमा सबै सूचक हरियो, कारोबार रकम भने घट्यो

    384
    SHARES



    काठमाडौँ।  सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचकहरू बढेका छन्। नेप्से परिसूचक ४४.२५ अंकले उक्लँदै २,५४७ मा पुगेको छ। कारोबार खुल्दा केही उतार–चढाव देखिएको बजारले दिउँसो साढे १२ बजेपछि वृद्धि लय लिएको थियो।

    तर, बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबार रकम ४ अर्ब ९७ करोड रुपैयाँमा सीमित रह्यो। आज २०० कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घट्यो र ८ कम्पनीको मूल्य स्थिर रह्यो।

    समूहगत रूपमा अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले उक्लिएको छ। त्यसपछि होटल तथा पर्यटन ३.३५, व्यापार २.८१, लगानी २.२७, हाइड्रोपावर २.१०, जीवन बीमा १.९२, विकास बैंक १.४१, निर्जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.५६, फाइनान्स १.०२, माइक्रोफाइनान्स ०.६३ र बैंकिङ समूह ०.२८ प्रतिशतले बढे।

    कम्पनीगत रूपमा नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। त्यसैगरी इमर्जिङ नेपाल ९.९ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर ९.८ प्रतिशत, बुटवल पावर कम्पनी ८.९८ प्रतिशत र सीईडीबी होल्डिङ्स ८.४५ प्रतिशतले बढे।

    त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ५.२६ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ४.४५ प्रतिशत र समता लघुवित्तको ३.५३ प्रतिशतले घट्यो। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ