• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    दाङमा एमालेको प्रदर्शन, जेनजी आन्दोलनपछि शान्ति पुनर्निर्माणमा जोड

    467
    SHARES



    दाङ, घोराही। नेकपा एमाले दाङले आज घोराहीमा प्रदर्शन गरेको छ। जेनजी आन्दोलनपछि खलबलिएको शान्ति पुनर्निर्माण र जागरणका लागि यो प्रदर्शन गरिएको सचिव श्याम डाँगीले बताए।

    सचिव डाँगीका अनुसार प्रदर्शन एमालेका २३ वटा जनवर्गीय संगठनले संयुक्त रूपमा गरेका हुन्। ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थानमा परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

    कोण सभालाई सम्बोधन गर्दै जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले एमालेको शक्तिलाई कमजोर नठान्न चेतावनी दिँदै, एमालेप्रति प्रतिशोध नसाँध्न सरकारलाई आग्रह गरे।

    राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजी आन्दोलनका मागप्रति युवा संघ सकरात्मक रहेको बताए। तर जेनजीको नाममा हुने अराजकता स्वीकार्य नहुने र निजी तथा सार्वजनिक सम्पत्तिमा हुने तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न आवश्यक रहेको बताए।

    उनले राज्यले कारबाही नगरे युवा संघ आफैं कारबाहीका लागि अघि आउने चेतावनीसमेत दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ