• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विप्लव नेकपाको विशेष बैठक सुरु, बाम एकता र राजनीतिक दिशाबारे छलफल

    1.4K
    SHARES



    रुपन्देही । बाम एकता र बदलिँदो राजनीतिक घटनाक्रमबारे निर्णय लिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको विशेष बैठक आइतबारबाट सुरु भएको छ।

    नेकपा (माओवादी केन्द्र) ले नेकपासहितका विभिन्न माओवादी र अन्य बाम घटकसँग एकता गर्ने निर्णय गरेपछि विप्लव नेतृत्वको नेकपाले पनि विशेष बैठक बोलाएको हो। त्यसैले अहिलेको बैठकलाई राजनीतिक विश्लेषकहरूले विशेष चासोका साथ हेरिरहेका छन्।

    पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख अनिल विरहीका अनुसार, बाम घटकहरूसँग सम्भावित एकताको योजना तयार पार्ने र हालको राजनीतिक घटनाक्रमप्रति पार्टीको धारणा बनाउन बैठक आह्वान गरिएको हो।

    कपिलवस्तु जिल्लाको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पहिलो दिन विस्तृत राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

    विप्लवले ‘विशिष्ट परिस्थितिमा विशेष कार्यभार’ शीर्षकको प्रस्तावमा देशको वर्तमान राजनीतिक अवस्थाबारे ६ पृष्ठ लामो विश्लेषण पेस गरेका छन्। सो प्रस्तावमा जेन–जेड पुस्ताको विद्रोही चेतना, नयाँ राजनीतिक निकासका सम्भावित आधारहरू, र बाम एकताको दिशाबारे पार्टीको भावी रणनीति प्रस्तुत गरिएको छ।

    महासचिव विप्लवको प्रस्तावमा केन्द्रीय सदस्यहरूले अध्ययन गरेपछि सोमबारदेखि धारणा राख्ने क्रम सुरु हुने र बैठक असोज २७ गतेसम्म चल्ने जानकारी प्रचार विभाग प्रमुख विरहीले दिएका छन्।

    उनका अनुसार, गत वर्षै माओवादी र विचार मिल्ने बाम घटकसँग एकता गर्ने नीतिगत निर्णय गरिएपनि अहिलेको विशेष राजनीतिक परिस्थिति र नयाँ चुनौतीका कारण त्यसबारे पुनः गम्भीर छलफल गरिँदैछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ