• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी

    781
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी सुरु भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार भएको भेटमा सो मितिमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ।

    गत शुक्रबार अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए। सो क्रममा आयोगका आयुक्तहरूले माघ ११ गते निर्वाचन गर्ने प्रारम्भिक तयारी भइरहेको जानकारी गराएका थिए।

    यसअघि असोज २१ गते प्रधानमन्त्री कार्कीले पनि निर्वाचन आयोगका आयुक्तहरूसँग सिंहदरबारमा छलफल गरेकी थिइन्। सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए।

    अध्यक्ष दाहालका अनुसार, “निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने तयारी गरेको छ। अब सरकारसँग समन्वय गरेर अघि बढ्ने कुरा भएको छ,” उनले प्रधानमन्त्रीसमक्ष बताएका थिए।

    आगामी फागुन २० गते कार्यकाल सकिने १९ जना राष्ट्रिय सभा सदस्यमध्ये १८ पदका लागि निर्वाचन गर्नुपर्नेछ, जबकि एक जना राष्ट्रपतिबाट मनोनीत सदस्यको कार्यकाल पनि सोही समयमा सकिँदैछ। कानुनअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था भएकाले आयोग समयसापेक्ष दबाबमा छ।

    प्रधानमन्त्री कार्कीले निर्वाचन समयमै गर्ने विषयमा सकारात्मक संकेत दिएकी छन्। उनले जेनरेसन–जेड (Gen-Z) को सहभागिताबारे पनि चासो देखाएको अध्यक्ष दाहालले बताए।

    राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। सो व्यवस्थामा Gen-Z को प्रत्यक्ष मतदान अधिकार छैन। यस विषयमा राजनीतिक सहमति आवश्यक पर्ने सुझाव अध्यक्ष दाहालले दिएका छन्।

    “भोटर नै परिवर्तन गर्न सकिँदैन। त्यसैले राजनीतिक सहमति गरेर अघि बढ्नुपर्ने सल्लाह दिएको छु,” दाहालले भने, “प्रधानमन्त्री पनि निर्वाचनमा सकारात्मक हुनुहुन्छ, असुरक्षाको विषय छैन।”

    आगामी फागुनमा कार्यकाल सकिने सदस्यहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टीका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र राष्ट्रपतिद्वारा मनोनीत १ जना सांसद छन्।

    एमालेबाट इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल सकिँदैछ।
    माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान पनि फागुनमा बिदा हुँदैछन्।

    त्यस्तै, एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपाका मृगेन्द्रकुमार सिंह यादव र लोसपाका शेखरकुमार सिंहको कार्यकाल पनि सकिँदैछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ