• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    अफगान कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी

    1K
    SHARES



    काठमाडौं। अफगानिस्तानले शनिबार राति सञ्चालन गरेको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएका दाबी गरेको छ। अफगान अधिकारीहरूले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएपछि यस्तो कारबाही आवश्यक भएको बताएका छन्।

    तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गर्दै कारबाही गरेको थियो। यस क्रममा करिब ३० जना घाइते भएका छन्। मुजाहिदले बताए अनुसार यो आक्रमण अफगानिस्तानको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि जवाफी कदम रहेको छ।

    राज्य सञ्चालित अफगान मिडियाले सीमा क्षेत्रमा ठूलो सङ्घर्ष भएको र एक दर्जनभन्दा बढी पाकिस्तानी सैनिक मारिएको उल्लेख गरेको छ। तालिबानको रक्षा मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले सीमामा “जवाफी र सफल अपरेसन” सञ्चालन गरेको जानकारी दिएको छ।

    यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव गहिरो बनाएको छ। घटनापछि प्रमुख व्यापारिक नाका तोरखाम आइतबार बिहान खुल्नुपर्ने समयमा पनि बन्द रहेको थियो।

    पाकिस्तानले अफगान सरकारमाथि प्रतिबन्धित समूह तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का सदस्यहरूलाई शरण दिएको आरोप लगाउँदै आएको छ। तर काबुलले आफ्नो भूमि अन्य मुलुकविरुद्ध प्रयोग गर्न नदिने अडान राख्दै उक्त आरोप अस्वीकार गरेको छ।

    पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आक्रमणको कडा निन्दा गर्दै आफ्नो सेनाले “अफगानिस्तानको उक्साहटको उचित जवाफ मात्र नदिई, उनीहरूको धेरै चौकीहरू नष्ट गरी पछि हट्न बाध्य पारेको” दाबी गरेका छन्।

    कतारको विदेश मन्त्रालयले बढ्दो सीमा तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै देशलाई संवाद, कूटनीति र संयम अपनाउन आग्रह गरेको छ।

    सीमा क्षेत्रमा दुवै पक्षले भारी हतियार प्रयोग गरेको र केही क्षेत्रमा सामान्य जनधन र जनजीवनमा असर परेको छ। अफगानिस्तान र पाकिस्तानको साझा २,६११ किलोमिटर लामो डुरान्ड रेखा अझै औपचारिक रूपमा मान्यता पाएको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ