• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    उच्च मूल्यबाट ४ हजार २ सयले घट्यो सुन, चाँदीमा भने ६० रुपैयाँको वृद्धि

    1K
    SHARES



    काठमाडौँ । अघिल्लो दिन इतिहासमै उच्च स्तरमा पुगेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कायम भएको हो।

    बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सोही अनुपातमा गिरावट आएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस ४ हजार ४० अमेरिकी डलरसम्म पुगेकोमा आज बिहान ४ हजार डलरभन्दा तल झरेको छ।

    बजार विश्लेषकहरूका अनुसार, अमेरिकी डलर सुदृढ हुनु र फेडरल रिजर्भको ब्याजदर सम्बन्धी संकेतका कारण सुनको माग घटेको हो। यसैबीच, चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ