• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    सुरुवातमा १०२ अंकले उछालेको सेयर बजार अन्त्यमा २२ अंकमा सिमित

    719
    SHARES



    काठमाडौँ । बिहीबारको कारोबारमा नेपाल शेयर बजार (नेप्से) सुरुवाती समयमा तीव्र उछालिए पनि अन्त्यमा भने नाफा घट्दै खुम्चिएको छ। कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंकले अर्थात् करिब ४ प्रतिशतले बढ्दै २६७५ अंकमा पुगेको थियो।

    सो स्तरमा पुग्दै गर्दा सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि स्थगित भएको थियो। तर, सर्किट ब्रेकपछि पुनः खुलेको बजारमा लगानीकर्ताहरूले नाफा बुकिङ गर्न थालेपछि परिसूचक क्रमशः घट्दै गएको हो। अन्ततः बजार बन्द हुँदा नेप्से जम्मा २२.५९ अंकले मात्र बढेर २५८२ अंकमा आएर रोकियो।

    दिनभर कुल ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ७६ करोड को तुलनामा केही कम हो।
    करिब २०० कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

    क्षेत्रगत सूचक हेर्दा व्यापार समूह बाहेक सबै सूचकमा वृद्धि देखियो।

    व्यापार समूह १.४८% घट्यो, बैंकिङ १.०७%,  विकास बैंक १.०८%, फाइनान्स १.२३%, होटल तथा पर्यटन ०.९२%, जलविद्युत ०.९५%, लगानी १.६१%, जीवन बीमा १.३०%,,उत्पादन तथा प्रशोधन १.०३%, माइक्रोफाइनान्स ०.९५%, निर्जीवन बीमा ०.९३% र अन्य समूह ०.२३% बढेका छन्।

    कम्पनीगत रूपमा विन्ध्यबासिनी हाइड्रोपावर को मूल्य सबैभन्दा धेरै ८.२१% बढेको छ। त्यसपछि एसियन हाइड्रोपावर ५.५४% र कर्पोरेट डेभलपमेन्ट बैंक ४.१५% बढे। त्यस्तै थ्री स्टार हाइड्रोपावर को मूल्य ९.०९% घट्दै सबैभन्दा बढी ओरालो लाग्यो। भूगोल इनर्जी ५.४३% र आत्मनिर्भर लघुवित्त ३.३७% ले घटे।

    आजको कारोबारमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी सर्वाधिक कारोबार भएका कम्पनी बने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ