• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देउवा विना बस्दैछ कांग्रेस पदाधिकारी बैठक

    1.7K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्ने तय भएको छ। सभापति देउवा उपस्थित नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको हो।

    जेनजी आन्दोलनपछि सभापति देउवा पार्टीका कुनै पनि औपचारिक बैठकमा सहभागी भएका छैनन्। यद्यपि, उनले केही नेतासँग भर्चुअल माध्यमबाट कुराकानी र छलफल भने गरेका थिए। भदौ २४ गते दोस्रो दिनसम्म चलेको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी सांसद आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै आक्रमण र कुटपिट भएको थियो।

    त्यसपछिको आगजनीमा निवाससमेत क्षतिग्रस्त भएपछि उनीहरू हाल ललितपुरतर्फ बस्दै आएका छन्। तर, उनीहरू बसिरहेको ठेगानाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। आजको बैठकमा असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकका एजेन्डा र तयारीबारे छलफल हुने नेताहरूले जनाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ