• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    दसैँ बिदामा पनि नबिल बैंकले यसरी दिँदैछ सेवा

    1K
    SHARES



    काठमाडौँ । सोमबारदेखि दसैँ बिदा सुरु भएको छ । दशैंको सार्वजनिक विदामा समेत नबिल बैंकले आफ्ना ग्राहकलाई सहज सेवा प्रवाह गर्न विभिन्न शाखा तोकेर सञ्चालन गरिरहेको छ।

    बैंकले सोमबार सूचना जारी गर्दै देशभरका छरिएका शाखा तथा एक्सटेन्सन काउन्टरहरूलाई छुट्टाछुट्टै मिति र समय तोक्दै दशैंको सम्पूर्ण बिदा अवधिभर पनि बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको हो।

    दशैंको बिदामा असोज १३ र १६ गते गरी कुल १९ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा छन्, जहाँ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित बैंकिङ सेवा उपलब्ध हुनेछ।

    खुला रहने प्रमुख शाखा 

    बैंकका अनुसार विराटनगर (मुख्य शाखा), धरान, दमक, जनकपुर, ललितपुर, महाराजगञ्ज, नयाँबानेश्वर, न्यू रोड, चाबहिल, त्रिपुरेश्वर, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी लगायतका शाखा तोकिएका मितिमा खुला हुनेछन्।

    काठमाडौंको घण्टाघर र त्रिपुरेश्वर शाखामा विजया दशमीको दिन समेत बेलुकी ६ बजेसम्म सेवा उपलब्ध हुनेछ।

    बैंकले विशेष गरी विकास, भुक्तानी, र आवश्यक कारोबार सहज बनाउन यो व्यवस्था मिलाएको जनाएको छ। साथै, दशैं अवधिभर डिजिटल बैंकिङ सेवा (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम आदि) भने निरन्तर खुला रहनेछ।

    ग्राहकलाई आफूलाई नजिकको शाखाको तोकिएको मिति हेरी कारोबार गर्न बैंकले आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ