• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

    2K
    SHARES



    कपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

    हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्णय लिएको बताए । उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए ।  उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् । ओलीले हालको अवस्थामा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्काएर पार्टीको अध्यक्ष बनाउने सम्भावना नदेखिएको स्पष्ट पारेका छन्।

    च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनदेखि जारी नवौँ केन्द्रीय कमिटी बैठकको मंगलबार रातिको समापन सत्रमा सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपतिलाई अध्यक्ष पदमा ल्याउने सन्दर्भमा अहिले निर्णय गर्न सकिने अवस्था नरहेको बताएका हुन्।

    अहिलेकै अवस्थामा उहाँलाई पार्टी अध्यक्ष बनाउन सकिँदैन, ओलीको भनाइ उद्धृत गर्दै एक जना केन्द्रीय सदस्यले जानकारी दिए। पार्टीमा फर्काउने नफर्काउने विषयमा छलफल आवश्यक छ, तर अध्यक्ष पद हस्तान्तरण गर्ने परिस्थिति अहिले छैन,” ती सदस्यको भनाइ थियो।

    बैठकमा १३१ जना केन्द्रीय सदस्यहरूले पार्टी विधान र समसामयिक विषयमा धारणा राखेका थिए। त्यसपछि केन्द्रीय निकायका प्रमुखहरूका प्रस्तुतिहरू चलेका थिए। अन्त्यमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विस्तृत रूपमा सम्बोधन गरेका थिए।

    ओलीको समापन मन्तव्य लम्बिएकोले बैठक मध्यरातसम्म मात्र टुंगिने संकेत देखिएको छ। उनले तीन दिनसम्म चलेको बैठकका निष्कर्षहरू पनि सार्वजनिक गर्दैछन्। बैठकमा सचिवालय र पोलिटब्युरो सदस्यहरूले बोलेपछि कमिटीमा उनीहरूलाई दोहोरिन नदिने निर्णय गरिएको थियो। त्यसै कारण, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बोल्न समय माग्दा पनि ओलीले अनुमति नदिएको स्रोतको दाबी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ