• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल

    793
    SHARES



    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

    शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गर्दै त्यसको पहलकदमीलाई सकारात्मक रुपमा लिएको खनालले बताए ।

    ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदी विद्या भण्डारीले त्यो कुरा महशुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने ।

    अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकतावद्ध गर्न जरुरी रहेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ