• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ट्रम्पको चेतावनी : विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ

    1.3K
    SHARES



    वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा लगानी गरे एलन मस्कले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

    उनले सीबीसी न्युजका पत्रकारसँग फोनमा गरेको कुराकानीमा मस्कसँगको सम्बन्ध सकिएको पनि बताएका छन् ।

    ट्रम्पले आफ्ना एआईडीई र सल्लाहकारसँग पछिल्लो ४८ घण्टामा मस्कको सबै गतिविधि हेर्दा उनले लागूऔषध सेवन गरेको हुन सक्ने आशय व्यक्त गरेका छन् ।

    यता, मस्कले भने सामाजिक सञ्जालमा आफूले ट्रम्पको विरुद्धमा उल्लेख गरेका धेरै कुराहरू हटाएका छन् । उनले ट्रम्पको पद नै खतरामा परेको आशयको कुरा सञ्जालमा राखेका थिए ।

    मस्कले सामाजिक सञ्जालमा आफूले सहयोग नगरेको भए ट्रम्प पराजित हुने कुरा पनि उल्लेख गरेका थिए । तर सो कुरा भने हटाएका छैनन् ।

    यसै गरी उनले ट्रम्पले ल्याएको आयात करका कारण अमेरिकाले वर्षको उत्तरार्द्धमा धेरै आर्थिक मन्दीको सामना गर्नु पर्ने चेतावनी पनि दिएका छन् ।

    ट्रम्पसँगको तनावपछि मस्कलाई थप समस्या उत्पन्न भएको छ । उनले डोग छाडे पनि उनको विरुद्धमा प्रदर्शन जारी छ । मस्कले नेतृत्व गरेको डोगका कारण धेरै क्षेत्रमा अमेरिकी प्रशासनले दिँदै आएको सहयोग र अनुदान रोकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ