• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?

    2.9K
    SHARES



    काठमाडौँ । भारत–पाकिस्तान युद्धका कारण इन्धन अभाव हुने भन्दै भारतमा उपभोक्ताले इन्धनको खपत बढाएका छन् । खासगरी एलपी ग्यासका उपभोक्ताले ग्यास अभाव हुने भन्दै इन्धनको खपत बढाएका हुन् ।

    बजारमा ग्यासको माग बढेर अभाव सुरु हुने अवस्था देखिएपछि इन्डियन आयल कर्पोरेसनले बजारमा ग्यासको कुनै अभाव नरहेको भन्दै निश्चिन्त हुन सार्वजनिक आह्वान नै गरेको छ । भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । यद्यपि नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ ।

    निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट अहिलेसम्म सबै इन्धनको सहज आपूर्ति भइरहेको र आईओसीले अहिलेसम्म केही नभनेको बताउँछन् । अहिलेसम्मको विश्लेषणका आधारमा पनि अभाव हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

    ‘अहिलेसम्म हामीलाई केही जानकारी आएको छैन, आपूर्ति नियमित नै छ । त्यसैले समस्या हुन्छ भन्ने पनि लाग्दैन,’ उनले भने ।

    अहिले भारतको उत्तरी क्षेत्रमा एलपीजी ग्यास बोटलिङ प्लान्टमध्ये धेरैजसो आधा भन्दा राजस्थान तथा पञ्जाबमा रहेको र यो क्षेत्र पाकिस्तानसँग जोडिएको कारणले युद्धको प्रभाव पर्नसक्ने आधारमा अभावको हल्ला फैलिएको हो ।

    नेपालमा आउने ग्यास भने धेरैजसो बिहारको बरौनी रिफाइनरीबाट आउँछ । त्यस्तै, पूवी क्षेत्रको लागि पश्चिम बंगालको हल्दिया पश्चिमी क्षेत्रका लागि उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट ग्यास आउने गरेको छ । यी क्षेत्रहरु युद्ध प्रभावित क्षेत्र होइनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ